आगलागीमा परी चीनमा १९ जनाको मृत्यु, ८ घाइते

बेइजिङ, ३ मंसिर ।
चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

छिङजिन गाँउमा रहेको घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो। आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो।

स्थानीय अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएका छन्। रासस