प्रधानमन्त्रीबाट राजिनामा दिएका हरिरि बुधबार स्वदेश फर्किने

लेबनान, २ मङ्सिर ।
साउदी अरबबाट दुई हप्ता पहिले अकस्मात सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीबाट राजिनामा दिनुभएका नेता हरिरि आगामी बुधबार स्वदेश फर्किने लेवनानी राष्ट्रपति मिसेल आउनको कार्यालयले एक वक्तव्य जारी गरी शनिबार जानकारी गराएको छ ।

वक्तव्यमा भनिएको छ, “ लेवनानी नेता हरिरिले आउनलाई टेलिफोनमार्फत् लेबनानी स्वतन्त्रता दिवसको समयमा लेवनान आइपुग्ने बताउनुभएको छ ।”

हरिरिले रियादबाट राजिनामाको घोषणा गरेपनि उहाँको राजिनामा स्वीकृत गरिएको छैन । हरिरि साउदी अरबबाट शनिबारनै फ्रान्स जानुभएको र फ्रान्स पुगेपछि राष्ट्रपति आउनसँग फोनमा कुरा गर्नुभएको थियो ।

लेबनानी नेताले सभामुख पनि फोन गर्नुभएको र लेवनानको स्वतन्त्रता दिवस मनाउन स्वदेश फर्किने बताउनुभएको सभामुख नवीह बेरीले बताउनुभयो ।

यसअघि शुक्रबार ट्वीट गर्दै आफूलाई साउदी अरबमा नजरबन्दमा राखिएको ‘हल्ला’को खण्डन गर्नुभएको थियो ।

उहाँले आँफूको रियाद बसाई लेवनानको भविष्य र यसको अरब राष्ट्रहरूसँगको सम्बन्धबारे छलफल तथा परामर्शका लागि भएको पनि बताउनुभउको थियो । रासस