बिष्णुमाया बिभुका मुक्तक

मुत्तक: बत्तिमुनि अध्यारो
प्रदेशमा म रोएको घरमा कसलाई थाहा छ?
हराएको बटुवाको कर्म कसलाई थाहा छ?
पग्लिरहें बलिरहें उज्यालो म छरुँ भनी!
बत्तिमुनि अध्यारोको मर्म कसलाई थाहा छ?

मुत्तक: मनको रुमाल
माया बस्यो तराइमा क्याम्पसको पढाइमा
हुर्के बढें पहाडमा जन्मेकी म हिमालमा
बस्छु अहिले बिदेशमा मन मुटु छ स्वदेशमा
संगालेर सबको माया राख्छु मनको रुमालमा

मुत्तक: भोको पेट
भोको पेटले माग्छ भात के गर्नु माया पियार
प्रदेशीलाई न दशैं न आउछ चाड तिहार
दैवले बदला नलिए कर्मले धोका नदिए
फर्कन्छु होला अर्को साल झ्यालबाट हेर्नु चिहार

मुत्तक: पहाड फोरेर रेल निकाल्नु छ
बालुवालाई पेलेर तेल निकाल्नु छ
धानको बिउ रोपेर सेल निकाल्नु छ
चलखेल जान्दिन, ढुंगे इश्वर मान्दिन
मौका देउ पहाड फोरेर रेल निकाल्नु छ

बिष्णुमाया बिभु बिष्णुमाया बिभु
अध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाज,
नर्बे (अनेसास, नर्बे)
कावासोती, नवलपरासी, हाल: बोडो, नर्बे