पाकिस्तानी राजदूतद्धारा भरतपुर आँखा अस्पतालको नवनिमित भवन उद्घाटन

काठमाडौँ, २५ कात्तिक ।
भरतपुर आँखा अस्पतालमा निर्माण भएको चस्मा औषधि एवं रजिष्ट्रेशन भवन आजबाट सञ्चालनमा आएको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले आज एक कार्यक्रमका बीच नव निर्मित भवनको उद्घान गरेपछि सञ्चालनमा आएको हो । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल परिसरमा निर्माण गरिएको छ ।

यस्तै अस्पताल परिसरमा निर्मित पञ्चकुमार कृष्णकुमारी पिया धर्मशालाको भने दाता पञ्चकुमार र कृष्णकुमारी पियाले आजै उद्घाटन गरे।

धर्मशाला निर्माण गर्न रु २३ लाख २२ हजार र चस्मा, औषधि र रजिष्ट्रेशन भवन निर्माण गर्न रु ३७ लाख १० हजार ३६८ लागत लागेको सो अवसरमा जानकारी दिइयो । चस्मा, औषधि र रजिष्ट्रेशन भवन निर्माण गर्न पाकिस्तानी राजदूतावासले सहयोग उपलब्ध गराएको हो ।

सो अवसरमा राजदूत जावेदले पाकिस्तानको सहयोगमा अस्पतालमा महत्वपूर्ण काम भएको भन्दै उनले यस्ता क्षेत्रमा काम गर्न पाउँदा खुशी लागेको बताए । रासस