अकालमै ज्यान गुमाउँछन् २५ हजार नेपाली

काठमाडौं,२० कात्तिक
सुर्तीजन्य पदार्थ सेवनका कारण वार्षिक २५ हजार नेपालीले् ज्यान गुमाउने गरेका छन् ।

जसमध्ये ८ हजार ३ सय महिलाको ज्यान जाने गरेको एउटा तथ्यांकले देखाएको छ ।

सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने ऐन २०६८ जारी गरे पनि कार्यान्वयनमा आउन नसकदा सुर्तीजन्य पदार्थ सेवनका गर्नेको संख्या बढ्दै गएको छ ।
यो तथ्यांक एक्सन नेपालले सार्वजनिक गरेको हो ।,आजको नेपाल समाचारपत्रमा खबर छ ।