पेनाङ दुर्घटनामा ८ जनाको मृत्यु, तीन नेपाली घाईते

काठमाडौं, ७ कात्तिक ।
मलेसियाको पेनाङस्थित जुरु टोल प्लाजामा मंगलबार भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना नेपाली घाईते भएको दुतावासले जनाएको छ ।

मृत्यु हुनेमा ७ इन्डोनेसियाली र एक मलेसियन नागरिक थिए।

‘घटनामा तीन जना नेपाली महिला कामदारहरु घाइते भएको बुझिएकोमा निजहरुको नाम, ठेगाना पत्ता लगाउने प्रयास भइरहेको छ’, दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

पेनाङमा नेपालका लागि अवैतनिक वाणिज्यदूत पनि कार्यरत छन्।